इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति यूएईबाट पक्राउ

काठमाडौं । ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी यूएईबाट पक्राउ परेका छन् ।

बागलुङको बागलुङ नगरपालिका-२ श्रीनगर घरका जावेद अनवर दीन पक्राउ परेका हुन् ।

एनसीबी अबुधाबी यूएईको समन्वयमा यूएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको छ ।

उनलाई ८ भदौ २०७७ मा रेड नोटिस जारी भएको थियो । उक्त मुद्दामा संलग्न रही फरार थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here