१० अंक घट्यो सेयर बजार, कारोबार रकममा पनि कमि

काठमाडौं । आइतबार उच्च अंकले बढेको सेयर बजार आज १०.५३ अंकले घटेकोछ। बजार २६२२.८८ बिन्दुमा ओर्लिएर रोकियो ।

आज सोमबार ०.८८ प्रतिशतले बजारमा गिरावट आएको हो । आज विकास बैंक र म्युचअल फन्डबाहेक सबै उपसूचकको मूल्य घटेको छ ।

सबैभन्दा धेरै ‘अन्य’ समूह ०.८२ प्रतिशतले घटेकाे छ। सोमबार ३ सय ३७ धितोपत्रको ६९ हजार ५ सय ४८ कारोबारबाट १ करोड ३७ हजार ३ सय ७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबार रकम ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँमा खुम्चिएको छ । आइतबार ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार एसवाई प्यानल नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यस धितोपत्रको मूल्य प्रतिकित्ता ८ सय ८० रुपैयाँ पुगेको छ ।

सोमबार सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाए । यो धितोपत्रको मूल्य १० प्रतिशतले गिरावट आइ १४९६.१० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here