निर्वाचन आयोग परिसर भित्रै नाराबाजी

काठमाडौं । निर्वाचन प्रक्रिया बन्द गर भन्दै निर्वाचन आयोग परिसर भित्रै नाराबाजी भएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची पेस गरिरहेकाे अवस्थामा
आयोगभित्र नाराबाजी भएको हो ।

निर्वाचन प्रक्रिया रोक्न माग गर्दै केही युवाहरूले नाराबाजी गरेका हुन् । उनीहरूले जेनजीका माग पूरा गर, निर्वाचन धोका हो, हत्यारालाई कारबाही गर लगायतका नारा लगाएका छन् ।

नाराबाजी भएपछि सुरक्षाकर्मीहरूले उनीहरूलाई आयोग परिसरबाट बाहिर निकालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here