काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन र कुलमान घिसिङको राजनीतिक सहकार्यलाई जंगलमा बाघको सिकार गर्न कुखुरा, बाख्रा र स्यालले बनाएको मोर्चाको संज्ञा दिएका छन्।
मदन(आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् ।कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न सक्दैन उनले भने । साथै एमालेलाई परास्त गर्न सबै जना मोर्चाबन्दीमा लागेको उल्लेख गरे।
‘एमाले मात्र होइन, कांग्रेस पनि छ, कांग्रेस यस्तो पार्टी हो, जसले छेउमा नगएसम्म केही गर्दैन, छेउमा गएपछि गाह्रो पार्छ’ उनले फेरी व्यवंग्यात्मक हिसावले भने ‘प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौं। कहिले होला फागुन २१ मा होला, वैशाखमा होला, या अर्को मंसिरमा होला, हामी चुनाव पर्खिइहेका छौं।’
ओलीले निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने बताए।

























