१६ पुस, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमाआज दोहोरो अंकको सुधार आएको छ । रवि लामिछाने, बालेन्द्र (बालेन) साह र कुलमान घिसिङ एक भएसँगै आइतबार ४७ अंकले बढेको नेप्से सोमबार १० अंकले करेक्सन भएको थियो । एकदिनको करेक्सन पछि बजार सूचक पुन सकारात्मक भएको छ ।
आज नेप्से २६३३.७६ अंकमा पुगेको छ । बुधबार नेप्सेमा ३ सय ४२ कम्पनी काराेवारमा आएकोमा १ सय ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ को घटेको छ । साथै, ८ कम्पनीको सेयर मूल्य स्थिर छ।
बुधबार नेप्सेमा एसवाई प्यानल र न्यादी हाइड्रो पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतसम्मले बढेपछि सकारात्मक सर्किट लागेको छ ।
नेप्सेमा बैंकिङ ३.४६, विकास बैंक २४.५७, वित्त १.५५, होटल ३.७६, जलविद्युत् ७.७८, लगानी ०.२१, जीवन बीमा ६९.२३, उत्पादनमूलक १३६.३६, माइक्रोफाइनान्स १५.९, सामूहिक लगानी कोष ०.०९, निर्जीवन बीमा ४१.२९, अन्य ८.१७ र व्यापार समूह १२.७७ अंकले बढेका छन् ।
बुधबार नेप्सेमा २ सय ३४ कम्पनीको ६३ हजार कारोबारबाट ५ अर्ब १३ करोड रुपैयाँ बराबरको १ करोड १९ लाख ४६ हजार कित्ता सेयर किनबेच भएको छ ।


























