क्यासिनोमा नेपालीहरूलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

१७ पुस, काठमाडौं । क्यासिनोमा नेपालीहरूलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ का ६५ वर्षीय पशुपति खड्का, महोत्तरी बर्दिबास नगरपालिका–८ का ४६ वर्षीय दयाराम राना, काठमाडौं बौद्धका ५३ वर्षीय भरतराज पौडेल, दोलखाको मेलुङ गाउँपालिका–२ का ४० वर्षीय सन्तोष भण्डारी र खोटाङको खोटाङ गाउँपालिका–७ घर भएका २४ वर्षीय गणेशबहादुर मगर छन् ।

बूढानीलकण्ठ नगरपालिका–१ तौलुङमा रहेको गरुड क्यासिनोभित्र नेपालीलाई प्रवेश गराएको र जुवा खेलाएको आरोपमा पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूविरुद्ध जुवा खेल्न, खेलाउन नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

उनीहरूकाे साथबाट गरुड क्यासिनो लेखिएको सुन्तला रङको चिप्स १० थान, पहेँलो रङको १० हजार क्यास लेखिएको ३ थान चिप्स, रातो रङको १ हजार क्यास लेखिएको ४ थान चिप्स र निलो रङको १ थान चिप्स बरामद भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here