१८ पुस, काठमाडौं । गायिका डा. त्रिशला गुरुङले २१ फागुनमा हुने प्रतिनिधिसभा चुनाव अन्तर्गत समानुपातिक बन्द सूचीबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी छन् ।
उनले समाजिक सञ्जाल फेसबुकमार्फत समानुपातिक यस्ताे जानकारी दिएकि हुन्। गुरुङले बन्द सूचीबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी हुन् ।
निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुझाएको समानुपातिकको बन्द सूचीमा गुरुङको नाम पनि समावेश थियो । गुरुङ उज्यालो नेपाल पार्टी (उनेपा) को तर्फबाट रास्वपाको बन्द सूचीमा परेकी थिइन् ।
पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नुे तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्याउने दृढ संकल्प रहेको भन्दै उनले उम्मेदवारी नबन्ने बताएकी हुन् ।


























