एक वर्षमा २७९० नेपाली डिपोट भइ नेपाल फिर्ता

Photo: THT

१९ पुस, काठमाडौं । एक वर्षको अवधिमा विश्वका विभिन्न ७७ मुलुकबाट २७९० जना नेपाली डिपोर्ट भई नेपाल फिर्ता आएका छन्।

अध्यागमन विभागका अनुसार सबैभन्दा बढी मलेशियाबाट ४९८, संयुक्त राज्य अमेरिकाबाट ४६२, यूनाईटेड अरब ईमिरेट्सबाट ३२३, दक्षिण कोरियाबाट २५७, जापानबाट १२८ डिपोर्ट भई आएका हुन्।

सम्बन्धित मुलुकमा ओभरस्टे बसेको, अपराधमा संलग्न भई कैद भुक्तान गरेको, भिसा नलिई गैरकानूनी बसेको, सम्बन्धित मुलुकको अध्यागमन कानून विपरितको कार्य गरेको लगायतका कसूरमा डिपोर्ट गरिएको उल्लेख छ। सन् २०२५ मा नेपालबाट ५०१ जना विदेशी डिपोर्ट भएका छन्।

त्यसमध्ये ४३७ जना ओभरस्टे (नेपालमा १५० दिनभन्दा बढी पर्यटक भिसामा बसेका) र बाँकी ६४ विभिन्न अपराधमा संलग्न थिए।

भिसाको उद्देश्यविपरित नेपालमा बसेका, लागूऔषध कारोवार, मानव बेचबिखन, संगठित अपराध, विदेशी मुद्रा अपचलन, अभद्र व्यवहार लगायतका कसूरजस्ता अपराधमा सजायँ भुक्तान गरी डिपोर्ट भएका हुन्। नेपालबाट वैदेशिक रोजगारीमा गएका युवाहरु विभिन्न कसुरमा फस्दा बढी डिपोट हुने गरेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here