काठमाडौं । भेनेजुएलाको कार्यकारी राष्ट्रपतिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेज नियुक्त भएकि छिन्।
राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् ।
प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न डेल्सी रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिइएकाे हाे।
अमेरिकाले शनिबार भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनमि पत्नि सिलिया फ्लाेरेसलाई नियन्त्रणमा लिएको थियो । भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ट्रम्पले मदुराे र उनकि पत्नीलाई अमेरिकाकाे युद्धपाेत इवाे जिमा जहाजमा चढाएर न्युयोर्क लगिएको हाे।























