फेरी ओरालो लाग्यो सुनको भाउ

फाइलफोटो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

याे अघिल्लाे काराेवारकाे तुलनामा २ हजार १ सय रुपैयाँ कम हो । शुक्रबार सुनको भाउ तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको भाउ पनि २५ रुपैयाँ घटेर तोलाको ४ हजार ५ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलाको ४ हजार ५ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here