गर्भावस्थाको ‘सेकेन्ड ट्राइमेस्टर’ के गर्ने के नगर्ने !

काठमाडौं । पछिल्लो पटक रज्वस्वला भएको पहिलो दिनबाट १३ हप्ता अर्थात ४ महिना शुरु भएको चरणलाई गर्भावस्थाको दोश्रो चरणका रुपमा बुझिन्छ । यो १३ देखि २७ हप्तासम्मको हुन्छ ।

पहिलो चरणजस्तै यो चरणको पनि निकै महत्वपूर्ण छ । यो चरणलाई गर्भावस्थाको ‘हनिमुन फेज’ पनि भन्ने गरिन्छ । किनभने पहिलो ३ महिनामा हर्मोन परिवर्तनले आउने विभिन्न शारिरिक तथा मानसिक अप्ठ्याराहरुबाट गर्भवतीले केही राहत पाउने छन् । वाकवाकी आउने , खान मननलाग्ने , मन भारी भइरहने, पेट दुखी रहनेसमस्या भने विस्तारै हटेर जान्छ । कतिपयमा भने यो समस्या अन्तिम सम्म पनी रहन सक्छ ।

यी हप्तामा बच्चाको शारिरिक अवस्थाबारे जान्न अल्ट्रासाउन्ड र रगतको जाँच गरिन्छ । बच्चामा कुनै पनि किसिमको डिसअर्डर छ की छैन बेलैमा पत्ता लगाउन यसले सहयोग गर्छ । क्याल्सियम र आइरन चक्की खान पर्छ । त्यस्तै फेटल इको अर्थात बच्चाको मुटुको जाँच पनि यही चरणमा गरिन्छ ।

शारिरिक परिवर्तन
ढाड दुख्ने तथा खुट्टा दुख्ने हुन्छ । गर्भवतीको पेट विस्तारै देखिन थाल्छ । १८ हप्तादेखि २२ हप्ताभित्र तपाँईको पेटमा बच्चा चल्न थाल्छ । स्टेच मार्कहरु देखिने तथा छालामा पोतोहरु देखिने हुनसक्छ । त्यसैले मस्चराइजर तथा सनस्क्रिन लगाउन छाड्न हुदैन ।

हलुका योगा तथा शारिरिक अभ्यास शुरु गर्ने सहि समय पनी हो । तर तपाँइको शरिरको अवस्था हेरेर मात्र गर्नुहोला ।

त्यस्तै आमाले टिटि खोप लगाउने समय पनि हो । यो अवस्थामा भारी सामान नउठाउन तथा निहुरिएर काम नगर्ने सल्लाह डक्टरहरुले दिने गर्छन् । यो चरणमा गर्भावस्थामा सुगर छ छैन भनेर जाँच गर्ने पनि गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here