काठमाडौं । आइतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से)परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । आइतबार नेप्से सूचक १०.२९ अंकले घटेर २६१०.६३ झरेकाे हो ।
आइतबार नेप्सेमा ३ सय २३ कम्पनीको सेयर खरिद–बिक्री भएको छ । तीमध्ये १ सय ७१ कम्पनीको सेयर मूल्य घटेको छ । यता ७९ कम्पनीको सेयर मूल्य बढेको छ ।
आइतबार ९ कम्पनीको सेयर मूल्यमा स्थिर रहेकाे छ। नेप्सेमा बैंकिङ १.९३, विकास बैंक ४४.१६, वित्त २.९९, जलविद्युत् १६.५७, लगानी ०.३३, जीवन बीमा ११३.९४, माइक्रोफाइनान्स १५.८१, सामूहिक लगानी कोष ०.०६, निर्जीवन बीमा ९४.४४ र अन्य समूह ४०.१० अंकले घटेको छ ।
आइतबार नेप्सेमा उत्पादनमूलक ८९.१०, होटल समूह ४३.३७ र व्यापार समूह १२.९१ अंकले बढेका छन् ।
आज ३ सय २३ कम्पनीको ७९ हजार कारोबारबाट ५ अर्ब १ करोड रुपैयाँ बराबरको १ करोड २ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ ।


























