नेपालको रेमिट्यान्स क्षेत्रका अग्रणी व्यक्तित्व नवराज घिमिरे सम्मानित

काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनको २०औँ वार्षिकोत्सव तथा वार्षिक साधारण सभाको अवसरमा, नेपालको रेमिट्यान्स क्षेत्रको विकास तथा औपचारिकीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै अग्रणी व्यक्तित्व नवराज घिमिरेलाई सम्मान गरिएको छ।

सन् १९९६ सम्म रेमिट्यान्स कारोबार मुख्यतः अनौपचारिक माध्यमबाट सञ्चालन भइरहेको समयमा, उहाँले ती कारोबारलाई औपचारिक प्रणालीमा रूपान्तरण गर्न अग्रसर भूमिका निर्वाह गरेका थिए।

श्री घिमिरेले आफ्नो कम्पनी अन्नपूर्णा ट्राभल मार्फत व्यवस्थित रूपमा रेमिट्यान्स सेवा प्रारम्भ गर्नुभएको थियो, जसले विदेशमा कार्यरत नेपालीहरूले पठाउने रकम सुरक्षित, पारदर्शी तथा विश्वसनीय माध्यमबाट नेपाल भित्र्याउन सहयोग पुर्‍यायो। यही संस्थाले पछि रूपान्तरण भई एटिटी रेमिट प्रा. लि. (ATT Remit Pvt. Ltd.) को रूपमा विकसित भई हाल नेपाल राष्ट्र बैंकको नियमनअन्तर्गत सञ्चालनमा रहेको छ।

वार्षिक साधारण सभामा बोल्दै नेपाल रेमिटर्स एसोसिएसनका अध्यक्ष रितेश मित्तलले करिब तीन दशकअघि औपचारिक रेमिट्यान्स व्यवसायको विजारोपण गरी देखाउनुभएको नवराज घिमिरेको दूरदर्शी सोच, साहसिक नेतृत्व तथा निरन्तर समर्पणकै कारण आज नेपाली रेमिट्यान्स उद्योग संस्थागत रूपमा विकसित भई देशको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने क्षेत्रका रूपमा स्थापित भएको उल्लेख गरे।

नेपाल रेमिटर्स एसोसिएसनले घिमिरे दूरदर्शिता, निरन्तरता र नेतृत्वले नेपालको रेमिट्यान्स प्रणालीलाई औपचारिक, सुरक्षित तथा व्यवस्थित बनाउने आधार तयार गरेको उल्लेख गर्दै उनको योगदानले वित्तीय समावेशीकरण तथा राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here