भीमफेदी जिप दुर्घटनाका ४ मृतककाे पहिचान खुल्याे

काठमाडौं । काठमाडौं- हेटौंडा जोड्ने भीमफेदी गाउँपालिकामा भएको जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान भएको छ ।

आइतबार साँझ भीमफेदी गाउँपालिका-६ जुरीखेतमा ना१ज १७७८ नम्बरको ९ जना सवार टाटासुमो जिप सडकबाट १०० मिटर तल खोल्सामा खसेको थियो । जिपमा ६ जना पुरुष, एक जना महिला, एक बालिका र एक जना बालक थिए ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाका ४० वर्षीय सविता लम्साल, हेटौंडा उपमहानगरपालिका-२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारतको बिहार पटनाका ४२ वर्षीय रजनिस कुमार र भारत बिहारको बेगुसराई बस्ने करिब ५० वर्षीय अरबिन्द कुमार रहेका छन् ।

अन्य दुई मृतक पुरूषको पहिचान हुन सकेकाे छैन । घटनामा ६ जनाको घटनासथलमै मृत्यु भएको थियो भने ३ जना घाइते भएका छन् ।

जिपका चालक हेटौंडा उपमहानगरपालिका-४ कर्राचोकका गणेश थापा र मृतक सविता लम्सालको छोरा १२ वर्षका अभ्यास लम्साललाई भरतपुर रिफर गरिएको हो ।

उनीहरूको अवस्था गम्भीर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here