सेयर बजारका सबै सूचक उकालाे

काठमाडौं । सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । आज नेप्से परिसूचक २८.७३ अंक बढेको हाे । सो अंकको वृद्धिसँगै नेप्से २६३९ अंकमा कायम भएको छ ।

आज २१४ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ८ को स्थिर रहेकाे छ। आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब १ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४७ करोडको भएकाे हाे ।

आज उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.०५ प्रतिशत बढ्यो ।

त्यस्तै बैंक ०.६५, विकास बैंक २.७०, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.५३, हाइड्रोपावर १.४४, लगानी १.२३, जीवन बीमा ०.४९, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा ०.४२, अन्य ०.७८ तथा व्यापार ०.२२ प्रतिशत बढेका छन्।

६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार, रुरु हाइड्रोपावर र बाराही हाइड्रोपावर छन् । त्यस्तै दरामखोला हाइड्रोपावरको ९.५४, हिमस्टार ऊर्जाको ८.५४, नारायणी डेभलपमेन्ट बैंकको ८.५३ तथा ट्रेड टावरको ८.४८ प्रतिशत मूल्य बढ्यो ।

यता सप्तकोशी विकास बैंकको २.४९, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २.२३ प्रतिशत मूल्य घटेकाे छ। आज धेरै कारोबार भएका पाँच कम्पनीमा शिवम् सिमेन्ट, बन्दीपुर केबुलकार, एसवाई प्यानल, श्रीनगर एग्रिटेक र सागर डिस्टिलरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here