काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षको हालसम्मकै कम मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ८:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस मापन भएको हो ।
यो काठमाडौंमा यस वर्षको हालसम्मकै सबैभन्दा कम तापक्रम हो । आज ललितपुरको सानेपा क्षेत्रको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस मापन भएको छ ।
सोमबार काठमाडौंकाे न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन भएको थियो ।





















