काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गते घटनाको जाँचबुझ आयोगलाई लिखित जबाफ बुझाएका छन्।
शाहले लिखित जबाफ पेस गरेका हुन्।
पछिल्लो समय जेनजी प्रतिनिधिहरूको पनि बयान लिएको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल लगायतको बयान लिएको छ।























