स्टडी एडिलेडद्वारा नेपालमा २०२० ब्राण्ड एम्बेसेडर कार्यक्रमको घोषणा

काठमाडौं, १९ कात्तिक । एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा प्रबद्र्धिन स्टडी एडिलेड, दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सी स्टडी एडिलेडले नेपाली विद्यार्थीहरुका लागि पहिलो पटक ब्राण्ड एम्बेसेडर प्रतियोगिता शुरु गरेको छ ।

यो प्रतियोगिताले विद्यार्थीहरुलाई एडिलेडको एम्बेसेडर बन्न साथै एडिलेडको शैक्षिक तथा जीवनशैलीको अनुभव लिने अवसर प्रदान गर्दछ ।

यस प्रतियोगिताका विजेताले प्रति विद्यार्थी ५००० अष्ट्रेलियन डलर मुल्य बरमबरको सपोर्ट प्याकेज प्राप्त गर्नेछन् जस अन्तर्गत एयरफेयर, आवास भत्ता र विद्यार्थीहरुलाई पूर्ण शैक्षिक वातावरण र त्यहाँको जीवनशैलीको अनुभव लिनका लागि एडिलेडको मुख्य फेस्टिभल र इभेन्टमा निशुल्क प्रवेशहरु समावेश गरिएको छ ।

एम्बेसेडरहरुलाई एडिलेड अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अष्ट्रेलियाकै सर्वश्रेष्ठ शहरहरु मध्य एक भएको र यसको फाइदाहरुका बारेमा पोष्ट, भिडियो र ब्लगमार्फत आफ्नो साथीहरु, परिवार र समुदायमा शेयर गर्न प्रत्सोहान गरिनेछ । नेपाल, भारत, श्रीलंका र बंगलादेश गरेर ४ वटा दक्षिण एशियाली देशहरुबाट १५ जना विजेता चयन गरिनेछ ।

नेपाली विद्यार्थीहरुका लागि स्टडी एडिलेड एम्बेसेडर कार्यक्रमका बारेमा ‘सीईओ क्यारन केन्टले भने, ‘हामी नेपालमा पहिलो पटक यो कार्यक्रम शुरु गरेर २०२० ब्राण्ड एम्बेसेडरहरुलाई स्वागत गर्न पाउँदा निकै प्रसन्न छौं । उनीहरुलाई जोशपूर्ण शहरी जीवन, सुरक्षित र सहयोगी समुदाय र विश्व स्तरीय शैक्षिक संस्थानमा स्वागत गर्न पाउँदा खुशी छौं ।’

आवेदन प्रक्रियाका लागि उनीहरुलाई एडिलेडमा अध्ययन गर्ने के कुराले उत्प्रेरित गर्यो भन्ने केहि आधारभूत प्रश्नहरुको उत्तर दिनुपर्नेछ । जजहरुको प्यानलले सृजनशीलता, उत्साह र एडिलेडमा अध्ययन गर्ने चाहनाको आधनारमा विजेताहरु चयन गर्नेछन् ।

हालको तथ्याङक अनुसार नेपाली विद्यार्थीहरुको पहिलो रोजाइ एडिलेड रहेको छ । र, जुलाई २०१८ देखि जुलाई २०१९ सम्म एडिलेडमा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्यामा २८.६% ले वृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here