काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ तय भएको छ ।
अघिल्लो दिन २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
बहिबार चाँदीको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८३५ रुपैयाँमा झरेको हो ।
v



















