तोलामा २१ सय रुपैयाँ बढ्याे सुनकाे भाउ

प्रतिकात्मक तस्विर

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन सुन ताेलाकाे २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने घटेको छ। चाँदीको भाउ प्रतितोला ५५ रुपैयाँले घटेको हो । अघिल्लो दिन चाँदि तोलाको ४ हजार ८३५ रुपैयाँमा कारोबार भएकोमा आज ४ हजार ७८० रुपैयाँ पुगेकाे हाे । यसअघि चाँदी पुस २३ गते हालसम्मकै उच्च ४ हजार ९३५ रुपैयाँ पुगेको रेकर्ड छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here