मंसिर महिनामा भित्रियो करिब २ खर्ब रेमिट्यान्स

remit

२५ पुस, काठमाडौं । मंसिर महिनामा करिब २ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत मंसिरमा १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ बराबर रेमिट्यान्स आएको छ । यो कात्तिकको तुलनामा ५० अर्बले बढि हो ।

चालु आर्थिक वर्षकाे कात्तिकमा १ खर्ब ३३ अर्ब बराबर रेमिट्यान्स आएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८२/८३ को पाँच महिना अर्थात् मंसिरसम्म रेमिट्यान्स आप्रवाह ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ ।

याे ३५.६ प्रतिशतले बढि हाे। गत आव सोही अवधिमा ४.७ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष मंसिरमा १ खर्ब १८ अर्ब ७९ करोड बराबर रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आव मंसिरसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । गत आव यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो । त्यस्तै चालु आव मंसिरसम्म खुद द्वितीय आय ९ खर्ब ५४ अर्ब ७८ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय ७ खर्ब ४३ करोड थियो ।

चालु आव मंसिरसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७५ हजार ५ सय ९१ र पुन: श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९ सय २४ छ ।

गत आव सोही अवधिमा यस्तो संख्या क्रमश: १ लाख ९० हजार ३ सय ८४ र १ लाख ३५ हजार ४ सय २५ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here