५ लाख रुपैयाँभन्दा धेरैको चेक साटेर नगद झिक्न नपाइने

काठमाडौं । अब ५ लाख रुपैयाँभन्दा धेरैको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले ५ लाखभन्दा माथिको चेक जारी गर्दा एकाउन्ट पेयी अनिवार्य गर्दै यस्तो व्यवस्था गरेको हो ।

सरकारले सम्पत्ति शुद्धीकरण न्यूनीकरण गर्ने उदेश्यसहितस यसअघिकाे १० लाखसम्मको नगद कारोबार घटाइ ५ लाखमा झारेको हो ।

सोही निर्णय नेपाल राजपत्रमा प्रकाशित भए पनि केन्द्रीय बैंकले चेकबाट प्रतिपटक झिक्न सकिने नगद ५ लाख कायम गरेको हो । साथै, ५ लाखभन्दा धेरै रकम सम्बन्धित व्यक्तिको खातामा मात्रै जम्मा हुन सक्ने व्यवस्था गरेको हो ।

कुनै पनि व्यक्ति वा संस्थाले हरेक पटकको कारोबार नगदमा गर्दा ५ लाखभन्दा कम र त्यसभन्दा धेरैको गर्नुपर्दा एकाउन्ट पेयी चेकमार्फत गर्नुपर्ने छ ।

बैंक तथा वित्तीय संस्थाकमे हकमा ५ लाख वा त्यसभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य एकाउन्ट पेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्ने छ । साथै फर्म, कम्पनी, संस्था वा कार्यालयका नाममा खिचिएका चेकको भुक्तानी समेत एकाउन्ट पेयी नै हुनुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here