धनुषामा झडप हुँदा ८ जना घाइते, अश्रुग्यास प्रहार

काठमाडौं । धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर झडप हुँदा ८ जना घाइते भएका छन् । धनुषाकाे मिथिला नगरपालिका-२ स्थित सुकजोरस्थित सन्त रामपाल आश्रमअगाडि स्थानीयबपच झडप भएको हो ।
स्थिति नियन्त्रणमा लिन १६ सेल अश्रुग्यास प्रहार गरिएको छ ।

स्थानीयहरूले जनकपुर ढल्के सडक पनि अवरुद्ध गरेका छन् । त्यस्तै महेन्द्रनगरस्थित औरही पुलमा स्थानीयहरूले एक एम्बुलेन्समा तोडफोड समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here