कुलमान घिसिङले गरे आफुलाई उज्यालो पार्टीको अध्यक्ष घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भाँडिएपछि कुलमान घिसिङले आफुलाई उज्यालो नेपाल पार्टीको अध्यक्ष घोषणा गरेका छन्।

घिसिङ यसअघि उज्यालो नेपाल पार्टीका संरक्षक थिए । त्यस्तै पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय थिए।

उज्यालो नेपालको केन्द्रीय समिति बैठक आज शनिबार बस्दैछ। त्यसपछि ६ बजे पत्रकार सम्मेलन डाकिएको छ।

यसअघि कुलमानलाई पहिलो वरीयताको उपसभापति बनाउने गरी रास्वपासँग एकता गर्दा उज्यालो नेपालका तर्फबाट अध्यक्ष उपाध्यायले हस्ताक्षर गरेका थिए। पछि विभिन्न विषयमा कुरा नमिल्दा एकता टुटेको हो।

यता केहीबेरदेखि रास्वपाको आकस्मिक सचिवालय बैठक जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here