उज्यालो नेपाल पार्टीद्वारा प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान

काठमाडौं । उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीको चुनाव चिह्नबाट सहभागी हुने भएको छ। पार्टीका अध्यक्ष कुलमान घिसिङले १२४ स्थानबाट नै उम्मेदवार उठाउने बताएका हुन्।

रास्वपासँग एकताको सहमति गरेको उज्यालो नेपाल पार्टीले शनिबार एकता भाँडिएपछि यस्तो आह्वान गरेको हो ।

समानुपातिकतर्फ भने यो पार्टीबाट सहभागीता नहुने भएको छ । आयोग पदाधिकारीका अनुसार, समसीमाभित्र आएको सूची फिर्ता भइसकेको र अहिलेको अवस्थामा सो पार्टीका सदस्यहरू रास्वपाको सूचीमा देखिएको छ ।