सानिमा दीर्घायु बचत तथा दीर्घायु तलब खाता सञ्चालन

काठमाडौँ, १९ कात्तिक । सानिमा बैँकले बचत कर्ताहरुका लागि स्वास्थ्य परिक्षण तथा बीमा सुरक्षण सुविधासहितको सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता ल्याएको छ ।

यो योजना अन्तर्गत बैंकले तोकेका अस्पतालहरुबाट ग्राहकले ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परिक्षण सुविधा लिन सकिने छ । साथै, नेपाल र भारतमा हुने उपचारमा रु. १ लाख सम्मको औषधि उपचार बीमा सुविधा लिन सकिने छ ।

त्यसै गरी, यदि ग्राहकको दुर्घटना भई मृत्यु वा कुनै अंग स्थायी रुपमा असक्षम भएमा एकमुष्ठ रु. २० लाख बीमा रकम दावी गर्न सकिने छ ।

यस बाहेक ग्राहकलाई ६ घातक रोगहरुको रक्षावरण सहितको ३ लाख रुपैयाँ बीमा तथा २५ हजार रुपैयाँको मृत्यु लाभ हुने बीमा बैंकले गरी दिने छ ।

बैँकले आफ्ना ग्राहकहरुका लागि उपयुक्त हुने विभिन्न योजनाहरु समयानुकुल रुपमा प्रदान गर्दै आइरहेको छ ।

बीमा सम्बन्धी थप जनकारीको लागि नजिकैको शाखा कार्यालयहरुमा सम्पर्क गर्न सक्नुहुनेछ वा बैंकको वेबसाईट www.sanimabank.com मा लग ईन गर्न सक्नुहुनेछ । सानिमा बैँकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा ए.टि.एम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here