काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने भएका छन्। सभापति देउवाका स्वकीय सचिव भानु देउवाले यस्ताे बताएका हुन्।
सामाजिक संजालमा केही व्यक्तिहरुले भ्रम फैलाउने उदेश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको बताइएकाे छ।
कांग्रेस विशेष महाधिवेशनको उद्घाटनमा विभिन्न बक्ताहरुले सभापति देउवालाई बन्द सत्रमा उपस्थित हुन आग्रह गरेका थिए।























