नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले लिए शपथ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले शपथ लिएका छन् । बुधबार एक कार्यक्रमविच वरिष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग उनीहरूले शपथ लिएका हुन् । उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन् ।

जस अन्तर्गत पार्टी एकता जोगाउने, स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउने,सबैखाले प्रतिक्रियावादी शक्ति, गलत बिचार र गलत व्यवहारका विरुद्ध दृढतापूवर्एक जुद्धिरहने प्रतिज्ञा समेत गरेका छन् ।

शपथपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई परिचयपत्र समेत हस्तान्तरण गरेका छन् ।

अब उनीहरूले २४९९ जना केन्द्रीय सदस्यहरूलाई शपथ गराउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here