गुडिरहेको रेलमा क्रेन खस्दा २२ जनाको मृत्यु

काठमाडौं । बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि २२ जनाकाे मृत्युु भएको छ। एउटा यात्रुवाहक रेलमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको हाे।

समाचार संस्था अलजजिराका अनुसार, दुर्घटना बुधबार बिहान बैंककबाट २३० किलोमिटर उत्तर-पूर्वमा पर्ने नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा थाई राजधानी बैंककबाट उबोन रत्चाथानी प्रान्ततर्फ जाँदै गरेकाे रेलमाथि क्रेन खसेकाे हाे।

क्रेनले ठक्कर दिएपछि रेल लिकबाट बाहिरिएको थियो र त्यसलगत्तै केही बेर आगलागी समेत भएको थियो,’ अलजजिराले उल्लेख गरेकाे छ।

प्रहरीका अनुसार दुर्घटनामा ५५ जना घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here