काठमाडौं । सुनचाँदी भाउ शुक्रबार फेरि उकालाे लागेकाे छ । सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यता
चाँदी भाउ पनि तोलामा १६० रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला ५ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६४५ रुपैयाँ पुगेको हाे। चाँदीको भाउ गत बुधबार हालसम्मकै उच्च प्रतितोला ६ हजार ६५५ रुपैयाँ पुगेको थियो ।





















