काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पक्षले नयाँ नेतृत्व चयन गरेसँगै काँग्रेस विभाजित भएको छ ।
कांग्रेसको हालको स्थितिबारे एमाले उपमहासचिव योगेशकुमार भट्टराईले विभाजनसम्बन्धी विवादलाई कानूनी र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्न सकिने बताए । अदालत जान सबै खुला रहेको र अदालतमा आफूलाई ठिक नलागेपछि उजुरी लिएर जान सकिने अप्सन रहेकाे उनले भने।
उनले भने ‘अदालत जान जसलाई पनि खुला छ, अदालत त्यसकै लागि त गठन गरिएको हो । ‘

























