चुनावी रौनकले बढ्याे सेयर बजार

काठमाडौं। आइतबार सेयर बजारमा सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३१.१२ अंक बढेको छ । सो वृद्धिसँगै २६७२ अंकमा कायम भएको छ । आज ८ अर्ब ४० करोडको भएकाे छ। आज कारोबार दिन ६ अर्ब २० करोडको कारोबार भएको छ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरुले उम्मेद्वार घोषणा गरेसँगै बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

आज २२४ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने ५ को स्थिर रहेकाे छ। आज सबै समूहगत सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ५.७३ प्रतिशत बढ्यो ।

त्यस्तै विकास बैंक ३.०३, बैंकिङ ०.८५, होटल तथा पर्यटन २.०२, हाइड्रोपावर ०.७०, लगानी ०.९३, जीवन बीमा १.२५, उत्पादन तथा प्रशोधन २.४२, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा ०.६८, अन्य ०.४५ र व्यापार ०.५४ प्रतिशत बढेकाे छ।

आज ४ कम्पनीको मूल्य १० प्रतिशत बढेकाे छ। १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्स छन् । त्यस्तै सेन्ट्रल फाइनान्सको ८.८८, गुराँस लघुवित्तको ८.८६, बन्दीपुर केबुलकारको ७.४७ प्रतिशत मूल्य बढेकाे
छ।

थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरे ८.७८ प्रतिशत घटेकाे छ। आज धेरै कारोबार भएका कम्पनीमा मञ्जुश्री फाइनान्स, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार र राधि विद्युत् छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here