खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला सर्वाेच्चले उल्ट्याे

काठमाडौं । सर्वोच्च अदालतले खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला उल्ट्याएको छ । न्यायाधीश सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले यसअघिको संयुक्त इजलासको फैसला उल्ट्याएको हो ।

सर्वोच्चले यसअघिको संयुक्त इजलासको फैसला सो हदसम्म कानुन र न्यायसंगत नदेखिएको ठहर गरेको हो ।

यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले मन्त्रिपरिषद्ले निर्धारण गरेको मापदण्डबाहेक नदी तथा खोलाको दायाँ र बायाँ थप २० मिटर छोड्नुपर्ने फैसला गरेको थियो ।

त्यसका विरुद्ध पुनरावलोकनका लागि सर्वोच्चमा रिट परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here