काठमाडौं । सोमबार सुनचाँदीको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ पुगेकाे छ । अघिल्लो दिन सुन ताेलाकाे २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो ।
त्यस्तै आज चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८१० रुपैयाँ पुगेको छ । यसअघि चाँदीको भाउ गत बुधबार ६ हजार ६५५ रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो ।





















