आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने

काठमाडौं । आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने भएकी छन् । तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर चुनाव लड्ने भएकी हुन् ।

सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका छन् ।

उनले जेनजी आन्दोलनका घाइते तथा ज्यान गुमाएका परिवारलाई सहयोग संकलन गर्दै आएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here