स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा.कृष्ण पौडेल नियुक्त भएका छन्। स्वास्थ तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले बोर्ड नेतृत्वविहीन भएपछि डा.पौडेललाई जिम्मेवारी दिएकी हुन् ।

बोर्डका कार्यकारी निर्देशक रहेका डा. रघुराज काफ्लेले ४ माघमा पदबाट राजिनामा दिएपछि डा. काफ्लेले राजीनामा दिएसँगै बोर्ड नेतृत्वविहीन अवस्थामा थियो।

डा.पौडेल स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखका रुपमा कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here