सुनको भाउ ३ लाख माथी

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

आज एकैदिन सुन प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो । बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउले तोलामा ६ हजार नाघेको छ । यस दिन महासंघले चाँदीको भाउ प्रतितोला ६ हजार १९० रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३२० रुपैयाँ बढी हो । हिजो चाँदी ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here