महेश्वर दाहाललाई उम्मेदवारी फिर्ता गराउन निर्देशन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सिन्धुली–२ को बागी उम्मेदवार महेश्वर दाहालको उम्मेदवारी फिर्ता गराउन हरिबोल गजुरेललाई निर्देशन दिएका छन्।

मंगलबार पार्टी मुख्यालयको तर्फबाट विज्ञप्ति जारी गर्दै दाहालको उम्मेदवारी फिर्ता गराउन भूमिका खेल्न भनेका हुन्। हरिबोल गजुरेल दाहालको प्रस्तावक हुन्। पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) छन्।

‘नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट आगामी २०८२ साल फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचनमा यस दलको तर्फबाट सिन्धुली जिल्ला क्षेत्र नम्बर २ को पार्टीको तर्फबाट आधिकारीक उम्मेदवारका विरुद्धमा यस दलका केन्द्रीय सदस्य महेश्वर दाहालले अनधिकृत रूपमा सोही निर्वाचन क्षेत्रमा (बागी) उम्मेदवार मनोनयन दर्ता गरी अनाधकृत उम्मेदवारी दिएको निर्वाचन आयोगद्वारा प्रकाशित प्रत्यक्षतर्फको उम्मेदवारको नामावली सूचीबाट अवगत भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here