काठमाडौं । पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । उनले म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका छन् ।
उनले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उक्त चुनाव चिह्न रोजेका हुन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ३८७ जनाको उम्मेदवारी परेको छ ।






















