निर्वाचन आयोगमा तीन जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

तस्बिरः प्रदीपराज वन्त\रासस

१० माघ, काठमाडौं । निर्वाचन आयोगमा तीन जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

नेकपा एमालेको समानुपातिक सूचीमा रहेका सिरहाका चन्देश्वर भण्डलविरुद्ध उजुरी परेको छ । मण्डल आदिवासीतर्फको व्यक्ति भएकोले मधेशी क्लस्टरमा राख्न नमिल्ने भनेर उजुरी परेको हो ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक सूचीमा रहेका जीवन लामाविरुद्ध पनि उजुरी परेको छ । उनलाई अपांगता भएको व्यक्ति अन्तर्गत राखिएको तर, उनी अपांगता भएको व्यक्ति नभएको दाबी उजुरीमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबट समानुपातिक उम्मेदवार कुमार बहादुर थापाविरुद्ध उजुरी परेको छ । उत्तरपानी चिया बगानको जग्गा अनधिकृत रुपमा बेचखिन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेर बिचाराधीन रहेको भनेर उजुरी परेको हो ।

यही माघ २० गते समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here