सुनकाे भाउ तीन लाख तीन हजारमाथि

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।
लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि शुक्रबार पनि सुन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। शुक्रबार सुन प्रतितोला तीन लाख एक हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार आठ सय रूपैयाँ पुगेको छ।

आइतबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार तोलामा ६ हजार एक सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार ६ हजार चार सय ८० रूपैयाँमा पुगेकाे हाे। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ९० रूपैयाँ बढि हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here