काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटनामा परेर प्यूठानका एक जना युवाको मृत्यु भएको छ। दुर्घटनामा मल्लरानी गाउँपालिका ४ बुढाचौरका २८ वर्षीय विराट सुनारको मृत्यु भएको हाे।
बाग्मती प्रदेश ००३प १६२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
मोटरसाइकल अनियन्त्रित भई सुनारलाई हिजो बेलुकी सडक नजिकै बारीमा पुगेका थिए। उनलाई स्थानीयहरूले आज बिहान सुनार मृत अवस्थामा देखेका हुन्।
























