प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २० कात्तिक । बुधवार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

मंगलवार प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा बुधवार ६ सय रुपैयाँले कमी आएर प्रतितोला ७० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

बुधवार तेजावी सुनको मूल्यमा पनि प्रतितोला ६ सय रुपैयाँले कमी आएको छ ।

मंगलवार प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य बुधवार ६९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

बुधवारवार चाँदीको मूल्यमा पनि २० रुपैयाँले कमी आएको छ ।

मंगलवार प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार प्रतिातोला ८ सय ४५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here