बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सो जिम्मेवारि दिएकाे गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत थिए ।

पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरी तोक्ने निर्णय भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here