४ जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत

सांकेतिक तस्वीर

काठमाडौं । सरकारले ४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे। ४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

उनका अनुसार, सुतिखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो संखुवासभा जलविद्युत् आयोजना र सेती खोला जलविद्युत् आयोजनलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here