त्रिवि अस्पतालले भन्याे सामाजिक लामिछानेको फोटोहरू यस अस्पतालको हाेइन

फाइलफोटो

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले सामाजिक सञ्जालमा भेटिएका रवि लामिछानेको फोटोहरू यस अस्पतालको नरहेको बताएको छ।

सामाजिक सञ्जालमा भेटिएका फोटोहरू यस अस्पतालको नरहेको अस्पतालका प्रवक्ता गोपाल सेडाईंले बताए।

माघ ५ गते जनकपुरको कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको तथा औषधि सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस भएको कारणले २०८२/१०/१३ गते यस अस्पतालमा हाडजोर्नी विभागअन्तर्गत भर्ना हुनुभएको र नशाबाट एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको छ,’ अस्पतालले भनेको छ। तर सामाजिक सञ्जालमा देखिएको रवि लामिछाने अस्पतालको शैय्यामा बसेको जस्तो देखाइएका तस्बिर नक्कली रहेको बताइएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here