५.३८ अंकले बढ्याे नेप्से, काराेबारमा भने कमि

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक नेप्से बुधबार ५.३८ अंक बढेकाे छ ।

मंगलबारको तुलनामा नेप्सेमा कारोबार रकम भने घटेको छ । मंगलबार केही १४ अर्बकाे काराेबार भएकोमा भने ११ अर्ब ४९ करोड रुपैयाँ कारोबार भएको हाे ।

बुधबार बजार २७३१.८९ अंक पुगेर बन्द भएको हाे ।

बुधबार नेप्सेमा कारोबार भएका १ सय ४१ कम्पनीको सेयर मूल्य बढेकाे छ। यता १ सय १२ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ।

बुधबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये फाइनान्स १.२४ प्रतिशत बढेको छ । त्यस्तै जलविद्युत् ०.९९ प्रतिशतले उकालो लागेको छ ।

त्यस्तै इन्भेस्टमेन्ट उपसूचक ०.१६ प्रतिशतले ओरालो लाग्दा माइक्रोफाइनान्स सूचक भने ०.१४ प्रतिशतले घटेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले बढ्यो भने गुडविल फाइनान्स डिबेन्चर २०८३ को मूल्य ८ प्रतिशतले घटेको छ ।

बुधबार नेप्सेमा ३ सय ३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here