काठमाडौ । मुलपानीबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ । लुटपाटमा संलग्नहरुलाई गोली चलाएर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद तथा अन्य सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
लुटेराबाट कोही पीडित भए सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ ।





















