उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१८ माघ, काठमाडौं । उदयपुर सिमेन्टका तत्कालिन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रस्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पौडेल सहित निमित्त महाप्रबन्धक नवल किशोर साह, नायव महाप्रबन्धक महेश काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेश साह, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, अर्का प्रमुख हरि अधिकारी, बिक्री विभाग प्रमुख रामबहादुर जिसीमाथि मुद्दा चलाएको हो ।

अख्तियारले उनीहरूमाथि १२ करोडदेखि ४६ करोड रुपैयाँसम्म अनियमितता गरेको आरोप लगाएको छ ।

सुरेन्द्र पौडेल र महेश काफ्लेमाथि १२ करोड ६३ लाख भ्रष्टाचार गरेको आरोप छ । त्यस्तै अरुमाथि ४६ करोड ५२ लाख भ्रष्टाचार गरेको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here