१९ माघ, काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा झरेकाे छ।
आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ कायम थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आइतबार तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको चाँदी सोमबार तोलामा ३ सय रुपैयाँ घटेर ५ हजार २ सय रुपैयाँ कायम छ ।





















